ad ad

राजनीति


सर्वोच्च अदालतमा प्रधानमन्त्रीका १५ मिनेट (भिडियो)

सर्वोच्च अदालतमा प्रधानमन्त्रीका १५ मिनेट (भिडियो)

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ६:२०,

प्रधानमन्त्री केपी शर्मा ओलीले उनीमाथि परेको अदालतको अवहेलना मुद्दाको लिखित जवाफ सर्वोच्च अदालतमा पेस गरेर फर्केका छन्।

आफैँ लिखित जवाफ लिएर बिहीबार बिहान ११.४५ बजे सर्वोच्च अदालत पुगेका प्रधानमन्त्री ओली १५ मिनेट त्यहाँ बिताएर फर्केका हुन्।

उनी ठीक १२ बजे त्यहाँबाट बाहिरिएका थिए।

ओलीले सो जवाफ पेस गरेपछि सर्वोच्च अदालत परिसरभित्रै निर्माण गरिएको एक नयाँ भवनको निरीक्षण गरेका थिए।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ तथा संसद् विघटनविरुद्ध भइरहेको बहसलाई ‘तमासा’ भनेका कारण देखाउँदै उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दामा गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .