ad ad

राजनीति


संसद् विघटनबारे एमिकस क्युरीको बहस आज पनि, को को छन् बोल्न बाँकी अधिवक्ता?

संसद् विघटनबारे एमिकस क्युरीको बहस आज पनि, को को छन् बोल्न बाँकी अधिवक्ता?

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ३:३०,

सर्वाेच्च अदालतमा विचाराधीन संसद् विघटनको मुद्दामा एमिकस क्युरी (अदालतको सहयोगी) ले आज (बिहीबार) पनि आफ्नो राय प्रस्तुत गर्दै छ।

संवैधानिक इजलासमा एमिकस क्युरीका अधिवक्ताले गत मंगलबारदेखि आफ्ना धारणा राखिरहेका छन्।

पहिलो दिन बद्रिबहादुर कार्की र दोस्रो दिन सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका थिए। अब आज एमिकस क्युरीका बाँकी अधिवक्ताले आफ्नो राय प्रस्तुत गर्नेछन्।

सर्वोच्चले बोलाएको ५ सदस्यीय एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट कार्की, खरेल र मैनाली (नाम माथि भनिसकिएको छ) तथा सर्वोच्च अदालत बार एसोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन्। 

नेपाल बारका तीन वरिष्ठ अधिवक्तापछि सर्वोच्च अदालत बारका २ वरिष्ठ अधिवक्ताले राय दिनेछन्। नेपाल बारका  कार्की र खरेलले राय दिइसकेका छन् भने मैनालीले थप राय बिहीबार दिनेछन्। 

यसपछि सर्वोच्च अदालत बार एसोसिएसनका अधिवक्ताद्वय शाक्य र संग्रौलाले राय दिनेछन्। 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते संसद् विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १३ रिट परेका छन्। तिनका पक्ष र विपक्षमा बहस सकिइसकेको छ भने मंगलबारदेखि एमिकस क्युरीको राय लिने क्रम जारी छ। 

याे पनि पूरा भएपछि प्रधानन्यायाधीशसहित ५ न्यायाधीश रहेको संवैधानिक इजलासले संसद् विघटन संवैधानिक हो वा असंवैधानिक भनेर फैसला गर्नेछ।

याे पनि : 

इजलासमा खरेलको खरो रायः यो व्यवस्था चित्त नबुझेको भए भूकम्प बनेर भत्काइदिए हुन्छ

एमिकस क्युरीको रुपमा कार्कीले भने– संसद विघटन गर्ने ओलीको कदम गलत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .