ad ad

राजनीति


७५ प्रतिशत कोरोना खोप केवल १० देशले कब्जा गरेको भन्दै रिसाए संयुक्त राष्ट्र संघका प्रमुख (भिडिओ)

७५ प्रतिशत कोरोना खोप केवल १० देशले कब्जा गरेको भन्दै रिसाए संयुक्त राष्ट्र संघका प्रमुख (भिडिओ)

नेपालखबर
फागुन ६, २०७७ बिहिबार २:५४,

संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटरेसले विश्वमा कोरोनाविरुद्ध खोप वितरण असमान भइरहेको भन्दै कडा आलोचना गरेका छन्।

उनका अनुसार कूल कोरोना खोपमध्ये ७५ प्रतिशत केवल १० देशको कब्जामा छन्। उनले भनेका छन्, ‘यो अन्यायपूर्ण हो।’ तर ती देश कुन कुन हुन भन्ने उनले सम्बोधन क्रममा खुलाएनन्।

बुधबार राष्ट्र संघको सुरक्षा परिषदको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै गुटरेसले १३० देश अझै कोरोना खोपको पहुँचबाट बाहिर रहेको जानकारी दिए।

उनले भने, ‘यो कठिन घडीमा खोप वितरणका विषयमा विश्व समुदायको नैतिक परीक्षा हो।’

आपतकालीन खोप अभियान योजनाबद्ध ढंगले मिलेर सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ। यसअन्तर्गत खोप वितरण सुनिश्चित गरिनुपर्ने उनले बताए।

उनले भने, ‘जी–२० मा आबद्ध ठूलो अर्थतन्त्र भएका देशले इमरजेन्सी टास्क फोर्स गठन गर्न आवश्यक छ र यसमा कोरोना खोप उत्पादनकर्ता कम्पनीलाई पनि सामेल गर्नुपर्छ।’

उनले अगाडि भने, ‘विश्वका सात ठूला औद्योगिक मुलुकले यसका लागि रकम जुटाउन जरुरी छ।’ 

उनको सम्बोधन तल समाजिक सञ्जालको भिडिओमा :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .