ad ad

राजनीति


प्रचण्ड–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा, टुँडिखेललाई मानव साङ्लोले घेर्ने

प्रचण्ड–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा, टुँडिखेललाई मानव साङ्लोले घेर्ने

नेपालखबर
फागुन २, २०७७ आइतबार ८:४१,

प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले काठमाडौँको टुँडिखेललाई मानव साङ्लोले घेर्ने भएका छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै नेकपाले प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

फागुन ५ गतेदेखि सुरु हुने विरोध कार्यक्रम अन्तर्गत ६ गते काठमाडौँको टुँडिखेललाई मानव साङ्लोले घेर्ने कार्यक्रम रहेको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए।

उनले फागुन ६ गते अपरान्ह ४ देखि ५ बजेसम्म १ घण्टा टुँडिखेललाई मानव साङ्लोले घर्ने बताए।

त्यस्तै नेकपाले फागुन ५ देखि १२  गतेसम्म जिल्ला कमिटीको आयोजनामा विरोध प्रदर्शन गर्ने, ७ गते सबै स्थानीय तहका वडामा विरोध प्रदर्शन गर्ने, ८ गते काठमाडौँमा बृहत अन्तक्रिया गर्ने, १२ गते चितवन र २१ गते दाङमा विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ।

नेकपाले यसअघि ३ चरणमा घोषणा गरेको आन्दोलनको कार्यक्रममा जनताको व्यापक सहभागिता रहेको र आन्दोलनको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको निष्कर्ष समेत निकालेको छ। यसअघि नेकपाले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेको थियो।

यस्ता छन् संघर्षका कार्यक्रमहरुः
(१) २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम।

(२) २०७७ फागुन ६ गते प्रतिगमन, महँगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम । समय अपरान्ह ४ देखि ५ बजेसम्म ।

(३) २०७७ फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रम।

(४) २०७७ फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमनविरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन कार्यक्रम।

(५) २०७७ फागुन ८ गते काठमाडौंमा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम ।
(६) २०७७ फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम।

(७) २०७७ फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम।

(८) २०७७ फागुन ११ गते मधेशी, आदिबासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रम ।

(९) २०७७ फागुन १२ गते चितवन, फागुन २१ गते दाङ र जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा।

(१०) संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवम् मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता।

(११) २०७७ फागुन १४ गते काठमाडौंमा युवा ¥याली।

(१२) २०७७ फागुन १५ गते किसान र सुकुम्बासी मोर्चाको काठमाडौंमा विरोध कार्यक्रम।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .