ad ad

राजनीति


म्यान्मारमा सैन्य ‘कू’विरुद्ध प्रदर्शनमा उत्रिएकी एक महिलाको टाउकोमा लाग्यो गोली

म्यान्मारमा सैन्य ‘कू’विरुद्ध प्रदर्शनमा उत्रिएकी एक महिलाको टाउकोमा लाग्यो गोली

नेपालखबर
माघ २८, २०७७ बुधबार ६:१३,

उनको अवस्था नाजुक रहेको बीबीसीले जनाएको छ। ती महिला मङ्गलवार राजधानीमा आयोजित प्रदर्शनमा सहभागी भएकी थिइन्।

प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो।

मानवाधिकारवादी समूहहरूका अनुसार ती महिलाको टाउकोमा गोली लागेको छ।

प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीहरू गम्भीर घाइते भएका विवरणहरू प्राप्त भएका छन्। तर अहिलेसम्म कसैको मृत्यु भएको छैन।

गत साता सैन्य कू भएपछि त्यसको विरोधमा दशौँ हजार मानिसहरूले विरोध गरिरहेका छन्।

बुधवार बिहान पुनः विरोध प्रदर्शन सुरु भएको छ। राजधानीमा आयोजित पाँचौँ दिनको प्रदर्शनमा सरकारी कर्मचारीहरू पनि सहभागी भएका छन्।

यसैबीच म्यान्मारको सेनाले लोकतान्त्रिक नेतृ आङ सान सुचीको पार्टी न्याश्नल लीग फर डेमोक्रेसीको याङ्गुनस्थित मुख्य कार्यालयमा छापा मारेर तहसनहस पारिदिएको दाबी उक्त दलले गरेको छ।

मङ्गलवार राति सुरक्षाकर्मीहरू उक्त कार्यालयको ढोको फोरेर भित्र छिरेको जानकारी बीबीसी बर्मिजले प्राप्त गरेको छ। त्यतिबेला कार्यालयमा पार्टीका कुनै कार्यकर्ता थिएनन्।

अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म देशभरि निशेधाज्ञा लागु गरिएको छ।

सुचीको पार्टीले चुनावमा धाँधली गर्दै बहुमत प्राप्त गरेको म्यान्मारका सेनाको आरोप छ।

एकवर्ष संकटकाल घोषणा गर्दै गत फेब्रुअरी १ देखि त्यहाँ सेनाले सत्ता कब्जा गरेका छन्। हाल सुची र राष्ट्रपति विन मिन्ट सेनाको नजरबन्दमा छन्।

उनीहरुको रिहाईको माग गर्दै हाल सैन्य कूको दैनिक हजारौंले विरोध गरिरहेका छन्। सेनाले एक वर्षपछि आम चुनाव गर्ने र चुनाव जित्नेलाई सत्ता हस्तान्तरण गर्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .