रञ्जीत तामाङ नेतृत्वको अनेरास्ववियूले प्रधानमन्त्री ओलीलाई बुझाउन लगेको विरोधपत्र सडकमै सार्वजनिक गरेको छ।
आइतबार प्रतिनिधि सभा विघटनको विरोधमा प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाउन जाँदा समय नदिएपछि सडकमै विरोधपत्र सार्वजनिक गरेको हो।
विरोध पत्र बुझाउनका लागि अनेरास्ववियूका ४ सयको हाराहारीमा नेता कार्यकर्ता सिंहदरबार गएका थिए। पधानमन्त्री कार्यालयमा नरहेको र कार्यालयले प्रधानमन्त्रीको निर्देशनमा विरोधपत्र दर्ता गर्न नमानेपछि सडकमै सार्वजनिक गरिएको नेता विजय गौतमले जानकारी दिए।
उनले बालुवाटारको निर्देशनमा प्रधानमन्त्री कार्यालयले विरोधपत्र दर्ता गर्न नमानेको आरोप लगाए।
‘झण्डै १ घण्टा कुर्दा पनि विरोध पत्र दर्ता भएन, प्रधानमनत्रीकै निर्देशनमा दर्ता नगरिएको हो भन्ने हामा् ठहर छ’, गौतमले नेपालखबरसँग भने, ‘त्यसपछि हामीले ठूलो बोर्ड बनाएर सिंहदरबार अगाडि राखेर प्रदर्शन गरेका हौँ।’
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै संयोजक रञ्जीत तामाङले आफूले प्रधानमन्त्रीलाई सभ्य भाषामा विरोध पत्र बुझाउन खोज्दा अस्वीकार गरेको बताए। ‘हामीले सभ्य तरिकाले प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउन खोजेका थियौँ’, तामाङले भने, ‘यसलाई अस्वीकार गर्ने गल्ती भएको छ। अब हामीले प्रधानमन्त्री र मन्त्रीका गाडी चल्न दिँदैनौँ।’
प्रतिक्रिया