ad ad

राजनीति


भागरथी भट्ट प्रकरणमा निर्मला पन्तको नियति नदोहोरियोस् : जनमोर्चा

भागरथी भट्ट प्रकरणमा निर्मला पन्तको नियति नदोहोरियोस् : जनमोर्चा

नेपालखबर
माघ २५, २०७७ आइतबार ११:१३,

राष्ट्रिय जनमोर्चाले बैतडीकी किशोरी भागरथी भट्ट हत्या घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।

राजमो उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले आइतबार विज्ञप्ति प्रकाशित गरी घटनाकाे छानबिन गर्न र पीडितलाई क्षतिपुर्ती तथा दोषीलाई कडा कारबाही गर्न माग गरेकी छन्।

पौडेलले कञ्चनपुरकी बालिका निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने अपराधीले अहिलेसम्म सजाय नपाएको भन्दै भागरथी भट्टको सन्दर्भमा निर्मला पन्तको नियति दोहोरिने त होइन भन्ने आशंका गरेकी छन्।

बलात्कार तथा हत्या जस्तो जघन्य अपराधका घटनामा सरकार उदासिन रहने गरेको भन्दै राजमोले सरकारको गम्भीर आलोचना समेत गरेको छ।

‘निर्मला पन्तको बलात्कार र हत्याका अपराधीहरुलाई २ वर्षसम्म कारवाही गर्न नसक्नुले सरकार बलात्कार र हत्याका घटनामा उदासिन रहेको देखिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘भागरथी भट्टको पनि निर्मला पन्तको घटना जस्तै कारवाही हुन नसक्ने अवस्था सिर्जना हुने त होइन भन्ने आशंका पैदा भएको छ। गम्भीर ढंगले घटनाको छानविन गर्न माग गर्दछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .