ad ad

राजनीति


पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता

पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता

नेपालखबर
माघ १३, २०७७ मंगलबार १०:३१,

पूर्वसभामुख तथा नागरिक अगुवा दमननाथ ढुंगानाविरुद्ध सर्वोच्चमा अदालतको अपहेलना मुद्दा दर्ता भएको छ।

ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले आज मुद्दा दर्ता गराएका हुन्।

ढुंगानाले स्वतन्त्र न्यायपालिकाको गरिमा र शक्ति पृथकीकरणको सिद्धान्तको मर्म र भावनाविपरीत हुने गरी अदालतलाई प्रभावित पार्ने नियतले गत पुस २७ गते अभिव्यक्ति दिएको भन्दै घिमिरेले मुद्दा दिएका हुन्।

गत पुस २७ गते ढुंगानाले ‘....सडकबाट न्यायाधीश तान्ने दिन नआओस्....’भन्ने अभिव्यक्ति दिएका थिए। यो अभिव्यक्तिले सर्वोच्च अदालतले गर्ने निर्णय, फैसला सबै आफ्नो निहित स्वार्थ अनुकूल हुनुपर्ने, त्यसो भएको खण्डमा मात्र स्वागत गर्ने र अनुकूल नभए तुरुन्त नकारात्मक धारणा, आलोचना र खण्डन गर्न मिल्ने रहेछ भन्ने कुरालाई लक्षित गरेको आरोप लगाइएको छ।

ढुंगानाको उक्त अभिव्यक्ति संविधानको धारा १२८ को उपधारा २ मा संविधान र कानुनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुनेछ भन्ने व्यवस्थाविरुद्ध रहेको, सोही धाराको उपधारा ४ मा मुद्दा मामिलाको रोहमा सर्वोच्च अदालतले गरेको संविधान र कानुनको व्याख्या वा प्रतिपादन गरेको कानुनी सिद्धान्त सबैले पालना गर्नुपर्ने भनिएकोमा अभिव्यक्ति शोभनीय नभएको र विचाराधीन मुद्दामा दबाब सिर्जना गर्न खोजिएको जिकिर गरिएको छ।

पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि त्यसविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। सोही मुद्दामा ढुंगानाले अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .