ad ad

राजनीति


निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन कांग्रेसले जारी गर्‍यो यस्तो सर्कुलर

निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन कांग्रेसले जारी गर्‍यो यस्तो सर्कुलर

नेपालखबर
माघ ७, २०७७ बुधबार ११:२५,

नेपाली कांग्रेसले मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागिता जनाउन सर्कुलर जारी गरेको छ।

कांग्रेसले सोमबार एक सर्कुलर जारी गर्दै मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन निर्देशन दिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी छन्।

कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले जारी गरिएको सर्कुलरमा निर्वाचन आयोगले माघ १५ गतेबाट २१ गतेसम्म देशभरका ७५३ स्थानीय तहमा हुने मतदाता अद्यावधिक कार्यक्रममा सहभागिता जनाउन आग्रह गरिएको छ। जिल्ला सभापतिका नाममा सर्कुलर जारी गरेर कांग्रेसले यस्तो आग्रह गरेको हो।

प्रतिनिधि सभा विघटनलाई लिएर कांग्रेसमा दुई मत देखिएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनस्र्थापनामा जोड दिएका छन् भने सभापति देउवा नयाँ निर्वाचनको पक्षमा देखिएका छन्। कांग्रेसले औपचारिक रुपमा सर्वोच्च अदालतको निर्णय स्वीकार गर्ने बताउँदै आएको छ।

प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै कांग्रेसलले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्र र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ भने बिहीबार (भोलि) देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .