ad ad

राजनीति


कास्मिर सुरक्षाबारे पाकिस्तानमा छलफल

कास्मिर सुरक्षाबारे पाकिस्तानमा छलफल

नेपालखबर
साउन २०, २०७६ सोमबार ७:५५,

भारत प्रशासित कास्मिरमा भइरहेको हलचलबीच पाकिस्तानले विशेष सैन्य वैठकमा सुरक्षा छलफल गरेको छ।

आइतबार पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको वैठक बसेको हो। उक्त वैठकपछि भारतीय सेनाको कुनैपनि दुःसाहसको जवाफ दिन पाकिस्तान तयार भएको पाकिस्तानले बताएको छ।

भारतले पाकिस्तान प्रशासित कास्मिरमा क्लस्टर बमको प्रयोग गरेर जेभेभा संधि तथा अन्तर्राष्ट्रिय नियमको उल्लंघन गरेको आरोपसमेत लगाएको छ।

आइतबारसम्म भारतमा संविधानको धारा ३७० खारेज गर्ने या संसोधन गर्नेबारे ठूलो बहस भइरहेको थियो।

उक्त धारा जम्मु कास्मिरको स्वायत्तताको पक्षमा थियो। आइतबार पाकिस्तानले भारत प्रशासित कास्मिरका भइरहेको केन्द्र सरकारको ज्याददी पाकिस्तान प्रशासित कास्मिरमा पनि हुनसक्ने भन्दै त्यसमा आफूहरु सतर्क हुनुपर्ने बताएको थियो।

सोमबार भारतले धारा ३७० खारेज गरेर जम्मु कास्मिरको स्वायत्तता आफ्नो हातमा लिइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .