ad ad

राजनीति


भारतीय सञ्चारमाध्यमले ओलीको राष्ट्रवादलाई क्षणभरमै नंग्याइदियो : गुरुङ

भारतीय सञ्चारमाध्यमले ओलीको राष्ट्रवादलाई क्षणभरमै नंग्याइदियो : गुरुङ

नेपालखबर
पुस २९, २०७७ बुधबार ५:२६,

नेपाली कांग्रेसका नेता धनराज गुरुङले सगरमाथामा भारतले दावी गर्नुपर्छ भन्ने भारतीय पत्रकारको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादलाई फेरि नंग्याएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी सहितको टोलीले सरगरमाथि क्षेत्रमा पुगेर सगरमाथामा भारतले दावी गर्नुपर्ने बताएपछि नेता गुरुङले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले आफूलाई राष्ट्रिवादी भन्ने प्रधानमन्त्री ओली भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयललाई मध्यरातमा बालुवाटारमा भेट गरेर नांगिएका ओलीलाई त्यसको केही समयमै भारतको एउटा सञ्चारमाध्यमले नंग्याएको बताएका हुन्।

‘गोयलले प्रम ओलीको राष्ट्रवादको वस्त्र दिल्ली पुर्‍याएपछि निर्वस्त्र बनेका ओलीले दिल्लीले फिर्ता पठाएको वस्त्र लगाएर जी न्युजलाई अन्तरवार्ता दिए। तर, ओलीले कालापत्थर पुर्‍याएको जी न्युज टिमले ‘सगरमाथामाथि भारतले दावी गर्नुपर्छ’ भनेपछि ओलीको राष्ट्रवादको वस्त्र छिनभरमै च्यातियो’, बुधबार बिहान ट्विटरमा नेता गुरुङले लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .