ad ad

राजनीति


प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिएका भारतीय पत्रकारले भ्रम छर्दै भने : सगरमाथामा पनि भारतले दाबी गर्नुपर्छ (भिडिओ)

प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिएका भारतीय पत्रकारले भ्रम छर्दै भने : सगरमाथामा पनि भारतले दाबी गर्नुपर्छ (भिडिओ)

नेपालखबर
पुस २९, २०७७ बुधबार ४:३३,

भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमै आएर अन्तर्वार्ता लिएको भारतीय न्युज च्यानलको टोलीले नेपालको राष्ट्रियतामा गम्भीर प्रहार हुने आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ।

सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर जी-न्युजका प्रधान सम्पादक सुधीर चौधरी यसो भनिरहेका छन्–

‘मेरोअगाडि माउन्ट एभरेस्ट छ । मलाई विश्वासै लागेको छैन कि हामी यति नजिक आउन सक्छौं । यो माउन्ट एभरेस्टको सबैभन्दा नजिकको बिन्दु हो। यसबेला हामी १७ हजार ५ फिट उचाइमा छौं। यस भागलाई कालापत्थर भन्छन्।’

उनले अगाडि भनेका छन्, ‘आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु। म भन्न चाहन्छु- माउन्ट एभरेस्टमा भारतको पनि दाबी हुनुपर्छ। यो माउन्ट एभरेस्ट आरोहण गर्ने दुई मार्ग छन्, एउटा नेपालका तर्फबाट, अर्को चीनतर्फबाट। खासमा तिब्बतबाट हो, तर तिब्बतलाई चीनले आफ्नो भनी दाबी गर्छ।’

उनी भनिरहेका छन्- ‘आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ? वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए। सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो। उनलाई आदेश थियो- तपाईं जानुहोस् र माउन्ट एभरेस्टको उचाइ नापेर आउनुहोस्। 

राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए। उनले माउन्ट एभरेस्टको उचाइ नापे। माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए। भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए। एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए। उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए।

हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदर हुनुपर्छ। भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ। हामीले पनि माउन्ट एभरेस्टमा आफ्नो दाबी पेस गर्नुपर्छ।’ 

हेर्नुहाेस्, जी-न्युजले नेपालकाे राष्ट्रियताविरुद्ध प्रसारण गरेकाे याे भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .