भारतका सेना प्रमुख जनरल एमएम नरवणेले पाकिस्तान र चीन मिलेर आफ्नो देशविरुद्ध खतरा उत्पन्न गराउन सक्ने आशंका व्यक्त गरेका छन्।
भारतीय पत्रिका जनसत्तामा प्रकाशित खबरअनुसार सेना दिवसअघि राष्ट्रिय सुरक्षा चुनौतीबारे पत्रकारसँग जनरल नरवणेले चीन र पाकिस्तान दुवैले भारतप्रति कपटपूर्ण सोच राखेको आरोप लगाएका हुन्।
उनले भने, ‘पाकिस्तान र चीन मिलेर गम्भीर खतरा बनेको छ, उनीहरूको कपटपूर्ण सोचबाट हुने खतरा नजरअन्दाज गर्न सकिन्न।’
सेना प्रमुखले भारत दुई मोर्चामा देखिएको खतरा सामनाका लागि तयार हुनुपर्ने बताएका छन्। उनले चीन र पाकिस्तानबीच सैनिक तथा गैरसैनिक क्षेत्रमा सहयोग बढिरहेको दाबी गरे।
उनले भने, ‘भूराजनीतिक घटनाक्रम र खतराका आधारमा आफ्नो तयारी परिवर्तन गरिरहनेछौं।’
यद्यपि उनले भारत र चीनबीच सीमामा जारी तनाव कम गर्ने विषयमा समझादारी कायम हुने विश्वास पनि व्यक्त गरेका छन्।
उनले भने, ‘मलाई विश्वास छ, आपसी सुरक्षाका लागि यसको समाधान निस्किनेछ।’
प्रतिक्रिया