ad ad

राजनीति


बाइडेनको शपथग्रहण समारोहमा सहभागी नहुने ट्रम्पको घोषणा

बाइडेनको शपथग्रहण समारोहमा सहभागी नहुने ट्रम्पको घोषणा

नेपालखबर
पुस २४, २०७७ शुक्रबार १६:२५,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनको शपथग्रहण समारोहमा सहभागी नहुने घोषणा गरेका छन्।

जनवरी २० का दिन नवनिर्वाचित राष्ट्रपति बाइडेनले शपथ लिँदैछन्।

‘मलाई थुप्रैले सोध्नुभएको छ, उहाँहरुलाई भन्न चाहन्छु– जनवरी २० को अभिषेक समारोहमा म जाने छैन,’ ट्रम्पले ट्विट गरेका छन्।

निर्वाचनमा हार बेहोरेपछि ट्रम्पले त्यसलाई स्वीकार गर्न सकिरहेका छैनन्। उनले चुनावमा धाँधली भएको आरोप लगाइरहेका छन्।

बुधबार उनको उक्साहटमा भीडले संसदमा बाइडेनको जितको प्रमाणीकरण प्रक्रिया अवरुद्ध गरेपछि ट्रम्प संकटमा परेका छन्। उनका पार्टी र उपराष्ट्रपति माइक पेन्सले समेत उनको साथ छाडेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .