ad ad

राजनीति


नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगको पत्र : अद्यावधिक विवरण बुझाऊ

नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगको पत्र : अद्यावधिक विवरण बुझाऊ

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ४:४१,

आफ्ना अद्यावधिक विवरण बुझाउन आग्रह गर्दै निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई पत्र पठाएको छ।

राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २५ को ४ बमोजिम विवरण माग गर्दै आयोगले नेकपाका ओली र प्रचण्ड-नेपाल समूहलाई बिहीबार पत्र पठाएको हो।

‘निर्वाचन आयोगमा अहिलेसम्म पाँचवटा पत्र आएका छन्। जसमा एउटा पक्ष (प्रचण्ड-नेपाल समूह) का ३ र अर्को पक्ष (ओली समूह) को २ वटा,’ शुक्रबार बिहान आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेपालखबरसँग भने, ‘अहिलेचाहिँ नियम २५ को ४ अनुसार विवरण बुझाउन आग्रह गरेका हौं।’

नियम २५ को ४ अनुसार जाँचबुझ गर्दा त्यसरी नाम, विधान, नियम, छाप, झण्डा, चिन्ह (लोगो) मा परिवर्तन वा संशोधन गर्न वा पदाधिकारीको हेरफेर गर्न नमिल्ने अवस्था भएमा आयोगले सोको कारण खुलाई सुधारसहितको विवरण पेस गर्न ७ दिनको समय दिई सम्बन्धित दललाई सूचित गर्नेछ। 

प्रचण्ड–नेपाल पक्षले यही पुस ६, ८ र ९ गते र ओली समूहले ७ र ९ गते आयोगमा पत्र पेस गरेका थिए।

यसअघि निर्वाचन आयोगले अनुसूची १८ बमोजिम विवरण बुझाउन पत्राचार गरेपछि प्रचण्ड-नेपाल समूहले आपत्ति जनाएको थियो।

दुवै समूहले अहिलेसम्म औपचारिक रूपमा विभाजन घोषणा गरेका छैनन्। तर अलग–अलग कार्यक्रम गरिरहेका छन्।

प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाएको छ भने ओली समूहले केन्द्रीय कमिटी विस्तार गर्दै ११ सय ९९ सदस्यीय बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .