प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) कैलालीको धनगढी जाँदै छन्।
नेकपा ओली समूह प्रदेश कमिटीको आयोजनामा धनगढीको खुलामञ्चमा हुने सभालाई सम्बोधन गर्न उनी त्यता जान लागेका हुन्।
प्रधानमन्त्री कति बजे कैलाली प्रस्थान गर्नुहुन्छ भन्ने नेपालखबरको प्रश्नमा शुक्रबार बिहान उनका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘उहाँ जानुहुन्छ, कति बजे भन्ने किन चाहियो?’
प्रधानमन्त्री आउने भएपछि जिल्लाको सुरक्षा कडा पारिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले हिजै (बिहीबार) बताइसकेका छन्।
नेपालखबरसँग उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूकोे सुरक्षाका लागि व्यापक सुरक्षा प्रबन्ध मिलाएका छौँ। जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ।’
विस्तृत विवरण : प्रधानमन्त्री ओली आउने भएपछि कैलालीमा ‘कालो मास्क’ प्रतिबन्ध !
प्रतिक्रिया