ad ad

राजनीति


देशव्यापी लकडाउन घोषणापछि बेलायती प्रधानमन्त्रीले गरे भारत भ्रमण रद्द

देशव्यापी लकडाउन घोषणापछि बेलायती प्रधानमन्त्रीले गरे भारत भ्रमण रद्द

नेपालखबर
पुस २१, २०७७ मंगलबार १२:३४,

भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथिका रुपमा निम्त्याइएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भ्रमण रद्द गरेका छन्।

कोरोना महामारीका कारण मुलुकमा लकडाउन घोषणा गर्नुपर्ने अवस्था आएपछि जोनसनले सो भ्रमण रद्द गरेका हुन्।

भारतले २६ जनवरीमा मनाउने गणतन्त्र दिवसको प्रमुख आतिथ्य ग्रहण गरिदन जोनसनलाई निम्ता दिएको थियो। जसलाई जोनसनले गत महिना स्वीकार गरेका थिए।

‘आज प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनामा कुरा गर्नुभयो र योजनाअनुसार भारत भ्रमण गर्न नसक्ने भन्दै पश्चाताप व्यक्त गर्नुभयो,’ जोनसनका एक प्रवक्ताको भनाइ एएफपीले उधृत गरेको छ।

एकदमै छिटो सर्ने नयाँ स्वरुपको कोरोना भाइरसका कारण बेलायत अहिले संकटमा छ।

उनले मंगलबारदेखि कडा लकडाउन घोषणा गर्दै मानिसहरुलाई घरभित्रै बस्न सुझाव दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .