ad ad

राजनीति


भारतबाट अवैध ८ लाख रुपैयाँ लिएर आएका व्यक्ति रौतहटमा पक्राउ

भारतबाट अवैध ८ लाख रुपैयाँ लिएर आएका व्यक्ति रौतहटमा पक्राउ

नेपालखबर
पुस २१, २०७७ मंगलबार ११:३७,

रौतहटमा श्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्।

ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी रौतहट मौलापुरमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १–०२०४२ प २००० नम्बरको मोटरसइकलमा सवार व्यक्तिलाई उक्त रकमसहित पक्राउ गरेको हो।

बाराको सिम्रोनगढ नगरपालिका १, खजानी टोलका १७ वर्षीय धीरेन्द्र साहलाई ८ लाख रुपैयाँसहित पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ।

उनले बोकेको झोला खोली चेकजाँच गर्दा झोलाभित्र भारतबाट ल्याएको स्रोत नखुलेको अबैध नेपाली रुपैयाँ फेला पारेको हो।

उनलाई आवश्यक कारवाहीको लागि मंगलबार गौर भन्सार कार्यालयमा बुझाइएको रौतहट प्रहरीका सूचना अधिकारी भरत श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .