ad ad

राजनीति


मानवअधिकारकर्मी पहाडीले औँल्याए संसद पुनर्स्थापना नहुँदा आइपर्ने ६ संकट (भिडियो)

मानवअधिकारकर्मी पहाडीले औँल्याए संसद पुनर्स्थापना नहुँदा आइपर्ने ६ संकट (भिडियो)

नेपालखबर
पुस २०, २०७७ सोमबार १४:१२,

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रतिनिधि सभा पुनर्स्थापना नभए देशले समस्या झेल्नुपर्ने ६ कारण औल्याएका छन्।

सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै पहाडीले प्रतिनिधि सभा पुनर्स्थापना नभए देशमा जातीय तथा क्षेत्रीय अतिवाद बढ्ने र विप्लवको आन्दोलन चर्किने बताए।

प्रतिनिधि सभा विघटनपछि विप्लवको हिंसात्मक आन्दोलनका लागि अनुकुल वातावरण बन्दै गएको र सो समूह हौसिएको बताए।

यो रिक्ततामा पूर्वराजावादीहरुले आफ्नो भविष्य खोज्न सलबलाएको बताउँदै यसलाई पहाडीले देशलाई समस्यामा पार्ने चौथो कारणको रुपमा व्याख्यका गरेका छन्। त्यसो त राजतन्त्र फर्कने संभावना नरहेको उनको भनाइ छ।

पहाडीले प्रधानमनत्री ओलीले प्रतिनिधि सभा विघटनपछि अब देशमा संकटकाल लगाउने र सेना परिचालन गरी राष्ट्रिय फौजलाई पनि विवादमा तान्ने योजना बनाइरहेको आरोप लगाए।

‘संकटकाल लगाएर विस्तारै नेपालको सुरक्षा निकाय र सेना परिचालिन गरी विरोधीलाई दमन गर्ने बाटोमा खड्गप्रसाद जी सपना देख्दै हुनुहुन्छ, यो सरकारको मातहत भएर सेनालाई तान्ने खड्गप्रसाद जीको अभिष्ट छ, षडयन्त्र छ, र सेनालाई विवादमा तान्ने प्रयत्न हुँदैछ’, उनले भने।

त्यसैगरी, उनले संसद नभएको रिक्ततामा नेपाल भारत र चीनको क्रिडास्थल बन्ने खतरा औल्याए।

नेपालमा पहिलेदेखि नै आफ्नो अधिपत्य जमाउन गतिविधि गरिरहेका भारत र चीनले यो रिक्ततामा खेल्न खोज्ने पहाडीको दाबी छ।

‘हिजो भारत र चीनको बीचमा नेपाल क्रिडास्थल थियो, आज संघर्षस्थल भएको छ, चार दिन चिनियाँ कम्युनिष्ट पार्टीको एउटा प्रतिनिधि मण्डलले नेपालमा डेरा फन्को हालेर गएको अवस्था छ भने, भारतीय संयन्त्र पनि त्यतिकै सलबलाएको अवस्था छ,’ उनले थपे।

यो अवस्था जटिल बन्दै जाँदा देशमा गृहयुद्धको आमन्त्रण हुनसक्ने समेत उनले चेतावनी दिए।

प्रधानमन्त्री ओलीले जननिर्वाचित संस्था विघटन गरेर देशलाई गृहयुद्धतर्फ धकेलेको पहाडीले आरोप लगाए।

‘जननिर्वाचित निकाय ध्वस्त भएको अवस्था र राजनीतिक रिक्तता भएको अवस्थामा सबै खेल्नेहरु एकैठाउँमा आउँछन्, यसरी उत्तर र दक्षिणको तानातान हुँदा हाम्रा हातहरु चुँडिएर जान सक्छन्,’ उनले भने, ‘प्रधानमन्त्री ओलीको एउटा सनकको परिणाम देशलाई गृहयुद्धमा धकेल्दै हुनुहुन्छ। यसको मूल्य कसले तिर्ला?’

प्रधानमन्त्री ओलीकाे सिफारिशमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा अहिले विभाजनको अवस्थामा छ।

ओली समूह र प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले देशभर अलग अलग कार्यक्रम आयोजना अनौपचारिकरुपमा दुई पार्टीकै अभ्यास गरिरहेका छन्।

भिडियो: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .