नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहबीच भेटवार्ता भएको छ।
बिहीबार प्रचण्ड निवास खुमलटारमा महामन्त्री सिंह अध्यक्ष प्रचण्डबीच छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी अस्पताल पुगेका महामन्त्री सिंह दाहाललाई डिस्चार्ज गरेर घर लगेको थाहा पाएपछि खुमलटार पुगेका हुन्।
प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले महामन्त्री सिंहले दाहालको स्वास्थ्य अवस्था बुझ्नुका साथै अध्यक्ष प्रचण्डसँग समसामयीक घटनाक्रमका विषयमा छलफल गरेको बताइन्।
282
Shares
प्रतिक्रिया