ad ad

राजनीति


ओलीले तीन वर्षमा मरिचमानले जति पनि काम गर्न सकेनन्ः झलनाथ

ओलीले तीन वर्षमा मरिचमानले जति पनि काम गर्न सकेनन्ः झलनाथ

नेपालखबर
पुस १४, २०७७ मंगलबार ९:१०,

पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले गएको तीन वर्ष गफ मात्रै हाँकेर बिताएको बताएका छन्।

भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै खनालले ओलीले मरिचमान सिंहले जति पनि काम नगरेको टिप्पणी गरे।

‘उहाँले तीन वर्ष गफैगाफ हाँकेर बिताउनुभयो।

कहिले पानीजहाज ल्याउने गफ हाँक्नुभयो, घरघरमा ग्यास ल्याउने भन्नुभयो। खोइ घरघरमा ग्यास?’ खनालले भने, ‘यो तीन वर्ष खेर गयो। उहाँले तीन वर्षमा मरिचमानले गरेजति पनि गर्न सक्नुभएन। नगेन्द्रप्रसाद रिजालले गरेजति काम पनि गर्न सकेनन्।

उनले सूर्य चिन्ह र नेकपा नाम आफूहरुले पाउने दाबी गरे।

‘ओलीमाथि अलिअलि आशंका थियो तर विश्वास गरेर प्रधानमन्त्री बनायौँ। चौध वर्ष जेलमा बसेर आएको मान्छे पाकेकै होला भनेर नेता खडा ग¥यौँ। अध्यक्ष पनि बनायौँ,’ खनालले भने, ‘तर बालुवाटार पुगेको दिनदेखि उहाँले पार्टी बिर्सिनुभयो। पार्टीलाई भ¥याङ मात्र बनाउनुभयो। नीति बिर्सिनुभयो। एकलौटी ढंगले क्याबिनेट, योजना आयोग चलाउनुभयो। नीति तथा कार्यक्रम ल्याउनुभयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .