ad ad

राजनीति


चिनियाँ प्रतिनिधिमण्डलले देउवालाई दियो चीन भ्रमणको निम्तो

चिनियाँ प्रतिनिधिमण्डलले देउवालाई दियो चीन भ्रमणको निम्तो

नेपालखबर
पुस १४, २०७७ मंगलबार ७:४७,

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चीन भ्रमणको निम्तो दिएको छ।

मंगलबार बिहान सभापति देउवा निवास बुढानिलकण्ठ पुगेर चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौसहित चार जनाको टोलीले देउवासँग भेटवार्ता गरेको हो।

उक्त भेटवार्तामा सहभागी सभापति देउवाका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले देउवालाई चीन भ्रमणको निम्तो दिएको बताए।

‘टोलीले सभापति देउवालाई चीन भ्रमणको निम्तो दिएको छ। उहाँहरुले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्षको पुगेको अवसरमा एउटा कार्यक्रम गर्न लागेको र उक्त कार्यक्रममा सहभागी हुन सभापति देउवालाई राष्ट्रपति सी चिनफिङले निमन्त्रणा पठाउनुभएको बताउनुभयो,’ डा भट्टराईले नेपालखबरसँग भने।

No description available.

सो अवसरमा सभापति देउवाले चिनियाँ पार्टी स्थापना भएको सय वर्ष पुगेको उपलक्ष्यमा र नयाँ वर्ष २०२१ को अवसरमा चीनका राष्ट्रपति सी चिनफिङलाई शुभकामना दिएको उनले बताए।

सल्लाहकार भट्टराईले चिनियाँ प्रतिनिधिमण्डलसँग दुई देशबीचको सम्बन्धका बारेका कुरा भएको बताए। भेटमा सभापति देउवाले चिनियाँ कम्युनिस्ट पार्टी कांग्रेसको राम्रो साथी रहेको बताएका थिए।

‘बीपीले नेपाल र चीनको सम्बन्ध आधारशीला तयार गर्न जुन योगदान गर्नुभयो त्यसको हामी प्रशंसा गर्छौं,’ चिनियाँ टोलीले देउवासँग भनेको भनाइ उद्धृत गर्दै सल्लाहकार भट्टराईले भने, ‘हामी सोही सम्बन्धमा कायम छौं भन्ने जवाफ सभापति देउवाले दिनुभयो।’

उक्त भेटवार्तामा सहभागी सभापति देउवाका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले देउवालाई चीन भ्रमणको निम्तो दिएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल आइतबार चारदिने नेपाल भ्रमणमा आएको हो।

चिनियाँ टोलीले आइतबार नै राष्ट्रपति, प्रधानमन्त्रीसँग भेटवार्ता गरेको थियो भने सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेको थियो।

यस्तै चिनियाँ प्रतिनिधिमण्डलले सोमबार साँझ जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग पनि भेट गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .