ad ad

राजनीति


पूर्वका १३ जिल्ला इन्चार्जद्वारा प्रचण्ड-नेपाललाई साथ

पूर्वका १३ जिल्ला इन्चार्जद्वारा प्रचण्ड-नेपाललाई साथ

नेपालखबर
पुस ९, २०७७ बिहिबार १०:२,

विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे प्रदेश नं १ का १३ जिल्ला इन्चार्जहरुले प्रचण्ड–नेपाल पक्षलाई साथ दिएका छन्।

विराटनगर महानगरसहित ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, उदयपुरका इन्चार्ज तथा खोटाङका सहइन्चार्जले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री केपी ओलीलाई साथ नदिन कार्यकर्ताहरुसँग अपील गरेका छन्।

अपीलमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी असंवैधानिक र प्रतिगामी कदम चालिएको भन्दै आपत्ती जनाइएको छ।

साथै उनीहरुले प्रदेश नं १ का नेता कार्यकर्ताहरुलाई फुटपरस्त गतिविधिमा सामेल नहुन कार्यकर्ताहरुसँग आग्रह गरेका छन्।

apeal09.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .