ad ad

राजनीति


बालुवाटारमा डेढ घण्टादेखि ओली–थापा छलफलमा, कुरा मिले आजैको बैठकमा सहभागी हुने

बालुवाटारमा डेढ घण्टादेखि ओली–थापा छलफलमा, कुरा मिले आजैको बैठकमा सहभागी हुने

नेपालखबर
पुस ९, २०७७ बिहिबार ७:३४,

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापा डेड घण्टादेखि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा छन्।

बिहीबार बिहान साढे ११ बजेदेखि प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच बालुवाटारमा छलफल भइरहेको गृहमन्त्री थापानिकट स्रोतले बतायो।

बुधबारको छलफल सकारात्मक भएका कारण आज थप छलफलमा बसेको भन्दै आजको छलफल पनि सकारात्मक भए आजै गृहमन्त्री थापा नेकपा ओली पक्षको बैठकमा सहभागी हुने स्रोतको दावी छ।

‘गहमन्त्री थापा बिहान साढे ११ बजेदेखि प्रधामन्त्री ओलीसँग छलफलमा हुनुहुन्छ’, थापानिकट स्रोतले नेपालखबरसँग भन्यो, ‘हिजोको छलफल सकारात्मक भएको थियो, आजको छलफलमा कुरा मिल्यो भने उहाँ (थापा) आजकै ओली पक्षको केन्द्रीय समिति बैठकमा सहभागी हुनुहुन्छ।’

बुधबार बिहान पनि गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीसँग एक घण्टा छलफल गरेका थिए। उक्त छलफल सकारात्मक रहेको स्रोतको दावी छ।

त्यसपछि मन्त्री थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहान ११ बजेदेखि १२ः१५ सम्म भेट गरेका थिए। उनले सो अवसरमा आफूलाई वरिष्ट अपाध्यक्ष बनाउन आग्रह गरेको र प्रचण्डले सो आग्रह अस्वीकार गरेपछि उनी प्रधानमनत्री ओलीसँग थप छलफलमा गएको बताइएको छ।

 गृहमन्त्री थापा समूहमा रहेका अधिकांश नेताहरु भने प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका पक्षमा उभिएका छन्। उनीहरुले गृहमन्त्री थापालाई प्रचण्डसँग थप छलफल गर्न र प्रधानमन्त्रीको असंवैधानिक कदमलाई नसघाउन पटक–पटक अनुरोध गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .