ad ad

राजनीति


कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि, आन्दोलन घोषणा गर्ला कि चुनावमा जाने निर्णय?

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि, आन्दोलन घोषणा गर्ला कि चुनावमा जाने निर्णय?

नेपालखबर
पुस ९, २०७७ बिहिबार १:२६,

मंगलबार सुरु प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक तेस्रो दिन आज (बिहीबार) पनि जारी रहने भएको छ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा बैठक बस्नेछ।

हिजो (बुधबार) दोस्रो दिनको बैठकपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारकर्मीसँग कुरा गर्दै आजको बैठकले संसद् विघटनविरुद्ध आन्दोलन घोषणा गर्ने बताएका छन्।

तर त्याे बैठकमा चुनावमा जाने कि आन्दोलनमा भन्ने विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको थियो। देउवा पक्ष चुनावमा सहभागी भएर कांग्रेसलाई आएको अवसर उपयोग गर्नुपर्ने पक्षमा छ भने पौडेल समूह आन्दोलनमा जानुपर्ने अडानमा छ।

प्रवक्ता शर्माले भने संसद् विघटनपछि पुस ५ गते बसेको पार्टीको पदाधिकारी बैठक र कांग्रेसकै संयोजनमा बसेको सर्वदलीय बैठकले प्रतिनिधिसभा भंग गर्ने कदमलाई असंवैधानिक ठहर गरिसकेकाले कांग्रेस विरोधमै जाने दाबी गरेका छन्।

बुधबारको बैठकमा रामशरण महत, बलबहादुर केसी, आनन्दप्रसाद ढुंगाना र गगनकुमार थापाले धारणा राखेका थिए।

बैठकले पुस १६ गते मेलमिलाप दिवस मनाउने निर्णय गरेको कांग्रेसले जनाएकाे छ।

bigyapticon1

याे पनि :  ‘चुनावमा भाग लिएर ठूलो पार्टी बन्ने सपना देख्नु घर जलेका बेला ठूलो खाटमा सुत्ने लालसाजस्तै’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .