सत्तारूढ नेकपाकी नेतृ रामुकमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘महाराज’को संज्ञा दिएकी छन्।
मंगलबार बालुवाटारमा आफूपक्षीय केन्द्रीय सदस्यको भेला गर्दै प्रधानमन्त्री ओलीले चुनावमा दुईतिहाइ भोट ल्याएर जित्ने भनेर गरेकोे दाबीविरुद्ध नेतृ झाँक्रीले व्यंग्य गरेकी हुन्।
नेतृ झाँक्रीले ट्विटरमा लेखेकी छन्, ‘प्रत्यक्षतर्फ बहुमतका लागि ८३ सिट आवश्यक तर ८५ देखि १२०सिट र करिब ५० लाख पपुलर भोट पाएर महाराजले ठीक ढंगले देश चलाउने रेन्त !’
प्रतिक्रिया