ad ad

राजनीति


संसद विघटनको सिफारिस अलोकतान्त्रिक र प्रतिगामी : नेकपा प्रवक्ता श्रेष्ठ

संसद विघटनको सिफारिस अलोकतान्त्रिक र प्रतिगामी : नेकपा प्रवक्ता श्रेष्ठ

नेपालखबर
पुस ५, २०७७ आइतबार ६:४६,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली गरेको सिफारिस गैरसंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, परिवर्तनविरोधी र प्रतिगामी  भएको बताएका छन्।

उनले यसकाविरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तन पक्षधर सम्पूर्ण शक्तिहरु एक हुन आग्रह समेत गरेका छन्।

‘आज प्रधानमन्त्री पी शर्मा ओलीले संघीय प्रतिनिधिसभा विघटन गर्न गर्नुभएको सिफारिश गैरसंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो। यो लागू हुन सक्दैन। यसकाबिरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पूर्ण शक्तिहरु एक होऔं’, प्रवक्ता श्रेष्ठले आइतबार मध्यान्ह सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .