ad ad

राजनीति


शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्छ : मन्त्री श्रेष्ठ

शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्छ : मन्त्री श्रेष्ठ

नेपालखबर
पुस २, २०७७ बिहिबार ७:१७,

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताएका छन्।

सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा सूचना, सञ्चार तथा प्रविधि प्रयोगशालाको उद्घाटन गर्दै उनले बढ्दो राजनीतिकरणका कारण मु्लुकको शैक्षिक अवस्था कमजोर बनेकाले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताए।

‘विद्यालय व्यवस्थापन समितिको गठनदेखि शिक्षक सरुवाको विषयमा समेत राजनीति हुने गरेको छ’, मन्त्री श्रेष्ठले भने, ‘त्यसकारण शैक्षिक गुणस्तर बढ्नुको साटो झन्झन् खस्किँदै गएको छ, त्यसैले विद्यालयमा हुने राजनीति रोक्नुपर्छ।” समग्र विकासको मेरुदण्डका रूपमा रहेको शिक्षा क्षेत्रको राजनीतिलाई रोक्न सबै पक्ष गम्भीर बन्न जरुरी छ।’

मन्त्री श्रेष्ठले भौतिक पूर्वाधार निर्माणसँगै शैक्षिक गुणस्तरमा पनि सुधार ल्याउनुपर्ने बताउनुहुँदै विद्यालयलाई भौतिकरूपमा मात्र नभई शैक्षिक गुणस्तरीयताको रूपमा समेत नमूना बनाउनुपर्नेमा जोड दिए। उनले महिला हिंसाको अन्त्य, बालबालिकाको सुरक्षित भविष्य र ज्येष्ठ नागरिकको सम्मानित जीवनयापनका लागि निकट भविष्यमै आफ्नो मन्त्रालयले ठोस योजना ल्याउने जानकारी दिए।

गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले जिल्लाको नमूना विद्यालयको रूपमा पहिचान पाएको यस विद्यालयमा प्रयोगशाला निर्माणसँगै शैक्षिक गुणस्तरीयता बढ्ने विश्वास व्यक्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .