ad ad

राजनीति


हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि राप्रपाद्वारा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि राप्रपाद्वारा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

नेपालखबर
पुस २, २०७७ बिहिबार ५:४७,

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि देशव्यापी जनप्रदर्शन र संघर्षका कार्यक्रम घोषणा गरेको छ।

बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै राप्रपाले पार्टीको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले पुस १२ बाट ७७ जिल्लामा आन्दोलनमा जाने निर्णय गरेको राप्रपाले जनाएको छ।

भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरुद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त राप्रपाले पहिलो चरणमा देशव्यापी जनप्रदर्शन र संघर्ष गर्ने जनाएको छ।

 राप्रपाले पुस १२ गते ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने, पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाइकल र्‍याली गर्ने, पुस १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने र पुसको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम संचालन बताएको छ।

त्यस्तै पुस ६ र ७ गते पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक काठमाडौंमा बस्ने निर्णयसमेत बैठकले गरेको छ।

 बैठकले सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धी विनियमावली २०७७, निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका संशोधन सहित पारित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .