राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षद्वय कमल थापा र प्रकाशचन्द्र लोहनीले मेडिसिटी अस्पताल पुगेर पार्टी नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
निमोनियाका कारण स्वास्थ्यमा समस्या आएपछि झापाकै एक अस्पतालमा भर्ना गरिएका लिङ्देनलाई थप उपचारका बिहीबार काठमाडौँ ल्याइएको थियो।
शुक्रबार बिहान अध्यक्ष थापा र लोहनी अस्पताल पुगेर सांसद लिङ्देनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
अस्पतालका डाक्टर दिप्तेश अर्याल र सीईयो पंकज बास्कोटाले अध्यक्ष अध्यक्षद्वयलाई लिङ्देनको पछिल्लो स्वास्थ अबस्थाबारे जानकारी गराएका राप्रपा नेता राजाराम बर्तौलाले जनाकारी दिए।
अस्पतालले दिएको जानकारी अनुसार सांसद लिङ्देनको स्वास्थ अवस्थामा उल्लेख्य सुधार भएको छ। सांसद लिङ्देनको पुनः कोभिड परीक्षणका लागि स्वाब लिइसकिएको अस्पतालले जनाएको छ।
प्रतिक्रिया