ad ad

राजनीति


प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको औचित्य छैन : गुरुङ

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको औचित्य छैन : गुरुङ

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ५:१७,

नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकको औचित्य नभएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता गुरुङ आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टी बैठकमा समेत उपस्थित हुन छाडेका प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको औचित्य नभएको बताएका हुन्।

सर्वदलीय बैठक त कांग्रेसको नेतृत्वमा भ्रष्टाचारविरुद्ध मोर्चा कस्नका लागि आवश्यक रहेको उनको भनाइ छ।

‘आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टीकै बैठकमा उपस्थित हुन छाडेका प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको औचित्य छैन। बरु यतिखेर सर्वदलीय बैठक त प्रमुख प्रतिपक्ष दल कांग्रेसकै नेतृत्वमा भ्रष्टाचार बिरुद्ध मोर्चाबन्दी कस्नका लागि आवश्यक छ’, कांग्रेस सभापति शेरबहादुर देउवालाई मेन्सन गर्दै गुरुङले ट्विटरमा लेखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .