पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तामानमा देखिएका सबै संकटको निकास प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणाली र पूर्ण समानुपातिका संसद भएको दोहोर्याएका छन्।
दुई तिहाइको सरकारमा देखिएको संकट, भ्रष्टाचारको नयाँ रेकर्ड, जनताको असन्तुष्टि र प्रतिगामीहरुको चलखेल रोक्ने बाटो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद भएको उनको भनाइ छ।
उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीले सक्षम र स्थिर नेतृत्व दिने र पूर्ण समानुपातिक संसदले सबै समुदायको प्रतिनिधित्व गर्ने र चुनावी खर्च पनि कम गर्ने भएकाले यसका लागि सबैले आँट गर्नुपर्ने बताएका छन्।
‘ऐले २÷३ सरकारको संकट, भ्रष्टाचारको नयॉ रेकर्ड, जनताको असन्तुष्टि, प्रतिगामीहरूको ताउरमाउरको एउटै दिगो इलाज होः प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली (जसले सक्षम÷स्थिर नेतृत्व दिनेछ र ंपूर्ण समानुपातिक संसद (जसले सबै समुदायको प्रतिनिधित्व, चुनावी खर्च कटौती गर्नेछ) सबैले आँट गरौं;, सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्।
— Baburam Bhattarai (@brb1954) December 5, 2020ऐले२/३सरकारको संकट,भ्रष्टाचारको नयाॅ रेकर्ड,जनताको असन्तुष्टी,प्रतिगामीहरूको ताउरमाउरको एउटै दिगो इलाज हो:प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली(जसले सक्षम/स्थीर नेतृत्व दिनेछ)+पूर्ण समानुपातिक संसद(जसले सबै समुदायको प्रतिनिधित्व,चुनावी खर्चकटौति गर्नेछ)!सबैले आॅट गरौं!
प्रतिक्रिया