ad ad

राजनीति


कांग्रेस सरकारविरुद्ध सडक संघर्षमा उत्रिने

कांग्रेस सरकारविरुद्ध सडक संघर्षमा उत्रिने

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ७:२,

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले तत्काल संसदको विशेष अधिवेशन बोलाउन माग गरेका छन्।

जनताको समस्यालाई राख्ने र सरकारलाई जवाहदेही बनाउने मुख्य थलो संसद्लाई बन्द गरिराख्न नहुने भन्दै नेता महतले तत्काल विशेष अधिवेशन बोलाउन माग गरेका हुन्।

नेपाल प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. महतले देशभित्र उठेका प्रश्नको जवाफ दिन सरकारले संसद्को विशेष अधिवेशन आवश्यक रहेको बताए।

उनले कोरोना संक्रमणको रोकथाम तथा उपचारमा सरकारले खेलेको भूमिकाबारे कमजोर रहेको र यसबारे जनताले प्रश्न उठाइरहेको बताए। उनले सरकारको असक्षमताका कारण जनता थप मारमा पर्दै आएको जनाउँदै अब बाध्य भएर पार्टीले सडक संघर्षमा उत्रिने तयारी गरेको पनि जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .