ad ad

राजनीति


दिउँसो १ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक सर्‍यो

दिउँसो १ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक सर्‍यो

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ६:३२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेको छ।

मंगलबार बसेको सचिवालय बैठकले बुधबार दिउँसो १ बजेको लागि बैठक तय गरेको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको कार्यव्यस्तताका कारणले बैठक केही समय सरेको बताए। उनले २ बजे बैठक बस्नसक्ने बताए।

‘नेताहरुको कार्यव्यस्थाको कारण दिउँसो १ बजेका लागि बोलाएको बैठक बस्न सकेन, अब २ बजेतिर बस्छ होला’, प्रवक्ता श्रेष्ठले भने, ‘बैठक नै स्थगित भएको वा सारेको भन्ने चाहिँ होइन।’

याे पनि :  नेकपा विवाद : नेताहरु भन्छन्– सहमतिको संकेत अझै देखिएन, अब बहुमतीय प्रक्रियामा जानसक्छ

 मंगलबार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुबीच चर्काचर्की भएको थियो।

प्रचण्डले ल्याएको राजनीतिक प्रस्ताव र त्यसको जवाफमा ओलीले पेश गरेको दुबै प्रस्तावलाई सचिवालय बैठकमा छलफल गर्ने कि नगर्ने भन्ने विषयमा मंगलबारको बैठकमा विवाद भएको थियो।

अध्यक्षच प्रचण्डसहित ७ जना सचिवालय सदस्यले दुबै प्रतिवेदनमाथि कमिटीमा छलफल हुनुपर्ने सुझाव दिएपछि आजको लागि बैठक तय गरिएको थियो। तर, उठ्ने बेलामा अध्यक्ष ओलीले आफू बैठकमा सहभागी नहुने भनेर निस्किएपछि बैठक बस्ने नबस्ने तय भएको थिएन।

याे पनि  :  मलाई राजनीतिक रूपले बदनाम गर्ने र सिध्याउने उद्देश्यका साथ प्रस्ताव ल्याइयो: प्रधानमन्त्री ओली (पूर्ण पाठ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .