ad ad

राजनीति


नेकपा सचिवालय : सुरक्षा कारण देखाउँदै अध्यक्ष ओली पार्टी कार्यालय नआएपछि बालुवाटारमा बैठक

नेकपा सचिवालय : सुरक्षा कारण देखाउँदै अध्यक्ष ओली पार्टी कार्यालय नआएपछि बालुवाटारमा बैठक

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार ७:३६,

नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षाको कारण देखाउँदै पार्टी कार्यालय धुम्बाराही नआएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।

सुरक्षा निकायहरुले धुम्बाराहीस्थित पार्टी कार्यालयमा सुरक्षाको जोखिम रहेको सूचना दिएको भन्दै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलमार्फत कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष जानकारी पठाएका थिए।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका राजनीतिक प्रस्तावमाथि छलफल गर्न बैठक बसेको हो।

आजको बैठकमा प्रतिवेदनमाथि केन्द्रित भएर छलफल हुने र अहिलेको गतिरोध अन्त्यका लागि एउटा निष्कर्ष निकाल्ने प्रयास हुने नेताहरुले बताएका छन्।

यो पनि : सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्री ओली पार्टी कार्यालय जान मानेनन्

ओली सरकार र पार्टी सञ्चचालनमा असफल भएको भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा १९ पृष्ठको राजनीतिक प्रस्ताव पेस गरेका थिए।

त्यसपछि ओलीले पनि त्यसको जवाफ दिँदै मंसिर १३ गते ३८ पृष्ठको जवाफी प्रस्ताव ल्याएपछि त्यसलाई अध्ययन गरेर छलफल गर्नका लागि आजको बैठक राखिएको हो।

ओलीले ल्याएको प्रतिवेदनको जवाफमा अध्यक्ष प्रचण्डका मात्रै व्यक्तिगत विषय उठाइएको भन्दै आजको बैठकमा प्रचण्ड लगायतका बहुमत सदस्यले त्यसबारेमा असन्तुष्टि जनाउने भएका छन्।

सचिवालयका बहुमत सदस्यले दुबै प्रतिवेदनलाई स्थायी र केन्द्रीय कमिटीमा छलफल गराउनुपर्ने अडान लिएका छन् भने प्रधानमन्त्री ओली सहितका केही नेता सचिवालय बैठकबाटै समाधान गर्नुपर्ने अडानमा छन्।

पार्टीभित्र देखिएको विवाद समाधानको पहल गरिरहेका दोस्रो तहका नेताहरुले पनि प्रधानमन्त्री र अध्यक्ष मध्ये कुनै एकबाट राजीनामा गराएर निकास निकाल्नुपर्ने पक्षमा लविङ गरिरहेका छन्।

यो पनि: 
प्रचण्डलाई ओलीको जवाफ : कि आरोप पुष्टि गरेर मलाई कार्बाही गर्नुस्, कि जवाफदेही बन्न तयार हुनुहोस् (पूर्णपाठ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .