ad ad

राजनीति


जनकपुरमा राजावादीहरुले गरे शक्ति प्रदर्शन

जनकपुरमा राजावादीहरुले गरे शक्ति प्रदर्शन

शैलेन्द्र महतो
मंसिर १०, २०७७ बुधबार ९:४३,

जनकपुरमा राजावादीहरुले शक्ति प्रदर्शन गरेका छन्। नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान पुनर्वहाली गनुपर्ने माग गर्दै नेपाल राष्ट्रवादी समूहले बुधबार जनकपुरधाममा शक्ति प्रदर्शन गरेका हुन्।

राजतन्त्र फर्काउनुपर्ने माग गर्दै नेपालको राष्ट्रिय झण्डा बोकेर सयौंको संख्यामा राजावादीहरुले जनकपुरको रेल्वे स्टेशनबाट निस्केको जुलुस भानूचोक, कदमचोक, विद्यापती चोक, विश्वकर्मा चोक, तपसी चोक, जिरोमाईल, भ्रमरपुरा चोक, बजरंग चोक, रामानन्द चोक, पिडारी चोक, थापाचोक, मुख्यमन्त्री कार्यालय अगाडि, मिल्स एरिया, भानूचोक, शिवचोक हुँदै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

rajabadi-janakpur-1.jpg

पूर्व राजा रानीको तस्वीर भएको ब्यानरसहित उनीहरुले राजा आउ देश बचाउको नारा लगाएका हुन्।

नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने, २०४७ सालको संविधान पुर्नवहाली गनुपर्ने, राजतन्त्र पुनर्वहाली गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर्नुपर्ने लगायतका उनीहरुले माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .