ad ad

राजनीति


नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजी थप

नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजी थप

उजिर कार्की
मंसिर ४, २०७७ बिहिबार १०:१२,

सरकारले नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरेको छ।

गृह मन्त्रालयले दरबन्दी थपको पत्र बिहीबार प्राप्त भएको जानकारी दिएको छ।

यसअघि नै मन्त्रिपरिषद बैठकले दरबन्दी थपको निर्णय गरेको भएपनि सोमबार स्वीकृत भएको थियो। योसँगै नेपाल प्रहरीमा प्राविधिक बाहेक ४ एआईजी रहने भएका छन्।

डीआईजीको संख्या जनपदतर्फ नै १९ पुगेको छ। गत चैतमा मात्रै सरकारले १२ डीआईजीको दरबन्दी कटौती गरेको थियो। कुनै समय नेपाल प्रहरीमा ४१ सम्म डीआईजी र १६ एआईजीको दरबन्दी कायम गरिएको थियो।

नयाँ दरबन्दी कायम भएसँगै अब प्रहरीमा रोकिएको बढुवा अगाडि बढ्ने छ। थपिएको दरबन्दीमा एआईजी बढुवा हुने व्यक्ति नै भावि आईजी हुने छन्।

यसमा प्रमुख दाबेदार महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोख्रेल छन्। थपिएको दरबन्दी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमै कायम गरिएको छ।

यस्तै सीआईबी प्रमुख डीआईजी सहकुलबहादुर थापा र प्रदेश २ का प्रमुख धिरजप्रताप सिंहलाई पनि भावि आईजीको दाबेदारका रुपमा हेरिएको छ।

तर यी मध्ये पोख्रेलको सम्भावना बढी छ।

  तीन महिनादेखि रोकियो डीआईजी बढुवा, कटौती गरेको छ महिनामै थपिँदै दरबन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .