ad ad

राजनीति


सुल्झिएन नेकपाको विवाद

सुल्झिएन नेकपाको विवाद

नेपालखबर
साउन १३, २०७६ सोमबार ११:३५,

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को संगठनिक एकताको विषयको विवाद नटुंगिएपछि दुई साताका लागि सरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो बसेको सचिवालयको बैठकमा इन्चार्ज तथा सह इन्चार्जको जिम्मेवारी नपाएका सबै केन्द्रीय सदस्यहरुसँग परामर्श गरेपछि विभागीय प्रमुखको टुंगो लगाउने निर्णय भएको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विभागबारे थप गृहकार्य गर्नका लागि साउन २८ गतेसम्मका लागि बैठक सारिएको बताए। ‘अब बैठक साउन २८ गते बस्नेछ,’ उनले भने, ‘सबै केन्द्रीय सदस्यहरुलाई सोधेर विभागको जिम्मेवारी दिइनेछ।’

प्रवक्ता श्रेष्ठले कुनै विभागमा अनौपचारिक सहमति भए पनि औपचारिक रुपमा विभागको टुंगो नलागेको बताए। ‘कुन विभागमा कसले नेतृत्व गर्ने भन्ने नेकपाको सचिवालयले टुंग्याएको छैन्’ उनले भने ‘कुन नेताको कुन विभागमा रुचि छ, प्राथमिकता र आवश्यकता केहो भन्नेबारे सोधेर सल्लाह गर्नेछौं।’

स्कुल विभागको प्रमुखमा सचिवालय सदस्यहरु श्रेष्ठ र ईश्वर पोखरेलले दावी गर्दै आएका छन्।

यसअघि स्कुल विभागमा देखिएको समस्या समाधान गर्नका लागि दुवै अध्यक्षबीच विभाग अध्यक्षको मातहतमा राख्ने सहमति भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .