पुटिन र उनको परिवारमाथि नै जीवनभर जस्तोसुकै अवस्थामा पनि आपराधिक मुद्दा चलाउन नपाउने विधेयक रुसको संसदमा पारित भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
रुसको दुवै सदनमा पुटिनको बहुमत छ। केही समय अगाडि मात्र पुटिन सन् २०३५ सम्मका लागि राष्ट्रपति बन्ने बाटो खुलेको थियो।
उनी रुसको सबैभन्दा शक्तिशाली व्यक्ति हुन्। त्यसमाथि अब जीवनभर आपराधिक मुद्दा नलाग्ने भएपछि पुटिन झनै शक्तिशाली व्यक्ति बनेको बताइएको छ।
सन् २००० देखि नै पुटिन सत्तामा छन्। रुसी संसदनमा पुटिनलाई मुद्दा हाल्न नपाउने विधेयक पारित भएसँगै पुटिनका कट्टर आलोचकले एलेक्सी नभाल्नीले ‘के तानाशाहीले जब मनलाग्छ तब पद छाड्न सक्छन्?’ भनेर प्रश्न गरेका छन्। एजेन्सी
3
Shares
प्रतिक्रिया