सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठक आज बुधबार राख्ने र नराख्नेबारे हिजो मंगलबारदेखि भएको तीब्र रस्साकस्सीपछि अन्ततः आज तोकिएकै समयमा हुने भएको छ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सो बैठक सार्न जोड गरिरहेको थियो भने पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका बहुमत सदस्यले बैठक गरिछाड्ने अडान लिएका थिए।
दुई पक्षको रस्साकस्सीबीच आज बिहान तोकिएकै समय र स्थानमा राख्ने सहमति भएको हो।
अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि तोकिएको समयमै बैठकमा सहभागी हुने जानकारी गराएका थिए।
प्रधानमन्त्री ओली पार्टी सचिवालय बैठकमा सहभागी हुने भएपछि यता सोहि समयमा बोलाइएको मन्त्रीपरिषद्को बैठक एक घण्टाका लागि सारिएको हो।
‘सायद प्रधानमन्त्री पार्टी बैठकमा छोटो समय सहभागी भएर क्याबिनेटतर्फ जाने योजना होला,’ स्रोतले नेपालखबरसँग भन्यो।
सम्बन्धित समाचारहरु:
- सचिवालय बैठक रोक्ने र गरिछाड्ने जोडमा नेकपाका दुई पक्ष, यस्ता छन् दुवैतर्फका रणनीति
- प्रस्ताव फिर्ता लिन महासचिव पौडेलको आग्रहपछि प्रचण्डले भने सबै कुराको छलफल बैठकमै गरौं
- प्रचण्डले बैठक नरोक्ने अडान लिएपछि पोखरेल र पौडेलसँग छलफलमा जुटे ओली
- बिहान वामदेव गौतमसँग भेटेका प्रधानमन्त्री ओलीको दिउँसो माधव नेपालसँग छलफल
- आफूलाई सहयोग गर्न ओलीले गरेको आग्रह वामदेवद्वारा अस्वीकार
- प्रचण्डको प्रस्ताव फिर्ता नगरी नेकपाको कुनै बैठक हुँदैनः सल्लाहकार थापा
प्रतिक्रिया