राष्ट्रिय जनमोर्चाले आफ्ना अध्यक्ष चित्रबहादुर केसीको उपचारका लागि सरकारले गर्ने सहयोग स्वीकार गर्ने भएको छ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचाररत अध्यक्ष केसीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो।
सरकारले केसीको उपचार खर्च व्यहोर्ने औपचारिक जानकारी गराएपछि बसेको पार्टीको आकास्मिक बैठकले उपचार गर्च स्वीकार गर्ने निर्णय गरेको उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले जनाकारी दिइन्।
‘उपप्रधानमन्त्री समेत भइसकेको मान्छेलाई सरकारले उपचार खर्च उपलब्ध गराउँछ भने त्यसलाई स्वीकार गर्ने भन्ने निर्णय भएको छ’, सांसद पौडेलले नेपालखबरसँग कुरा गर्दै भनिन्।
ज्वरो, रुघाखोकी लगाएतका स्वास्थ्य समस्या देखिएपछि मंगलबार मेडिसिटी अस्पतालमा भर्ना भएका अध्यक्ष केसीको बुधबार कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। केसीको स्वास्थ्य अवस्था अहिले सुधार हुँदै गइरहेको छोरी रितु केसीले जानकारी दिइन्।
प्रतिक्रिया