अमेरिकाको राष्ट्रपतीय निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच बिहीबार अन्तिम बहस हुने भएको छ।
निर्वाचनभन्दा दुई साताअघि हुन लागेको यो डेढ घण्टा लामो बहसको सहजीकरण एनबीसी टेलिभिजनकी क्रिस्टेन वेलकरले गर्नेछिन्।
सो बहस टेनिसी राज्यको नासभिलस्थित बेलमोन्ट युनिभर्सिटीमा हुन लागेको हो। अघिल्लो बसहमा ट्रम्पले बारम्बार बाइडेनको बोल्ने पालो मिचेपछि यसपटक त्यसलाई रोक्न बोल्ने पालो सकिएपछि उम्मेदवारको माइक्रोफोन बन्द गर्ने बताइएको छ।
अमेरिकामा निर्वाचनअघिको अन्तिम बहसले चुनावी नतिजालाई बढी प्रभावित गर्ने गर्दछ।
नोभेम्बर ३ मा हुने चुनावअघि नै करिब ४ करोड मतदाताले मतदान गरिसकेका छन्।
यसपटक सर्वेक्षणहरुमा ट्रम्पभन्दा बाइडेन निकै अगाडि देखिएका छन्। ट्रम्प सो दूरीलाई कम गर्ने लक्ष्यसहित बहसमा उत्रिँदैछन्। एजेन्सी
प्रतिक्रिया