ad ad

राजनीति


मधेसका मुख्यमन्त्रीले सार्वजनिक गरे सय दिनका काम

मधेसका मुख्यमन्त्रीले सार्वजनिक गरे सय दिनका काम

नेपालखबर
असोज ९, २०८१ बुधबार १३:३३, काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सय दिनको अवधिमा गरेका कामहरुको विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री सिंह नेतृत्वको मधेस सरकारले सय दिनको अवधिमा गरेका कामहरुको प्रगति विवरण सावर्जनिक गरिएको हो। 

मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको सय दिनको कामको विवरणमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन अध्यापनका लागि ५० सिटको स्वीकृति, नीति तथा कार्यक्रम तयार, विनियोजन विधेयक तयार तथा पारित, मन्त्रीहरुसँग कार्यसम्पादन करार सम्झौता, लोकसेवा आयोगमा रिक्त अध्यक्ष तथा सदस्य पदको नियुक्ति, कर्मचारी सरुवा व्यवस्थापन उल्लेख छन्। 

प्रदेश सभामा बसेको २९ बैठक, प्रदेश सभाबाट पारित भएका प्रदेश खेलकुद विकास सम्बन्धमा बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्तका सम्बन्धमा बनेको विधेयक पारित हुनुलाई समेत कामको विवरणमा समावेश गरिएको छ। सय दिने कार्यविवरण प्रश्तुत गर्दै मुख्यमन्त्री सिंहले प्रदेशमा सुशासन कायम गराउनको लागि आफूहरुले महत्वपूर्ण काम गरेको उल्लेख गरे। कर्मचारी सरुवाको समस्यालाई व्यवस्थ्ति गरेको पनि बताए। 

मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको सय दिने कामको विवरणमा अधिकांश लक्ष्य तथा योजनाहरु मात्रै उल्लेख गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .