केही समय अगाडि मात्र भारतले ब्राह्मोस नामको क्रुज क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेको थियो।
बिहीबार भने भारतले ‘नाग’ नामको क्षेप्यास्त्रको सफल रुपमा परीक्षण गरेको इन्डिया टुडेले जनाएको छ।
तेस्रो जेनेरेसनको एन्टी–ट्यांक गाइडेड मिसाइल राजस्थानको पोखरन भन्ने ठाउँमा परीक्षण गरिएको भारतको रक्षा अनुसन्धान र विकास संगठन डिआरडीओले जनाएको छ।
Final user trial of 3rd generation Anti Tank Guided Missile (ATGM) NAG was carried out today on 22 Oct 2020 at 0645 hrs from Pokhran range. The missile was integrated with the actual warhead and a tank target was kept at designated range. pic.twitter.com/GZ4oJWyNWs
— DRDO (@DRDO_India) October 22, 2020नाग मिसाइल क्यारीएरबाट प्रहार गरिएको क्षेप्यास्त्रले लक्ष्यमा पुगेर मारहान्न सकेको बताइएको छ।
यस क्षेप्यास्त्रलाई अब भारतीय सेनाले प्रयोग गर्ने बताइएको छ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले नाग मिसाइलको सफल प्रक्षेपणपछि डीआरडीओलाई बधाई दिँदै भारतीय रक्षा क्षमता मजबुत भएको बताए।
प्रतिक्रिया