ad ad

राजनीति


ताइवान भन्छः चीनको गुण्डागर्दी गर्ने कूटनीतिज्ञसँग डराउँदैनौं

ताइवान भन्छः चीनको गुण्डागर्दी गर्ने कूटनीतिज्ञसँग डराउँदैनौं

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार १०:४७,

फिजीमा अक्टोबर ८ का दिन दुई चिनियाँ कुटनीतिज्ञहरुले ताइवानका एक कुटनीतिज्ञलाई कुटपिट गरेका थिए।

सोही विषयलाई उल्लेख गर्दै ताइवान सरकारले मंगलबार भनेको छ,‘चीनको गुण्डागर्दी गर्ने कूटनीतिज्ञसँग डराउँदैनौं।’

फिजीको राजधानी सुभामा ताइवानको राष्ट्रिय दिनको उत्सव मनाउने क्रममा चिनियाँ अधिकारीहरुले ताइवानका एक कूटनीतिज्ञलाई कुटाकुट गरेको ताइवानको विदेशमन्त्रालयले सोमबार मात्र बताएको थियो।

त्यसबेला चिनियाँ दुई कूटनीतिज्ञहरु अनुमति बिना र बिना निमन्त्रणा कार्यक्रममा प्रवेश गर्न खोजेका थिए। उनीहरुलाई प्रवेश गर्न नदिएपछि चीनका कूटनीतिज्ञ रुष्ट बनेका थिए।

गेटमा उनीहरुलाई रोकेपछि उनीहरुले आफ्ना कूटनीतिज्ञमाथि आक्रमण गरेको ताइवानका अधिकारीहरुले बताएका छन्।

पछिल्लो सयम ताइवान र चीनबीच तनाव बढ्दै गएको छ। ताइवान आफ्नो भएको दाबी गर्ने चीनले अन्य देशहरुलाई ताइवानलाई बेग्लै देशको दर्जा नदिन चेतावनी दिँदै आएको छ।

यद्यपी ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँदै आएको छ। चीनले आक्रमण गरेरै ताइवान कब्जा गर्ने चेतावनी दिँदै आएको छ।

यसबीचमा ताइवानका कुटनीतिज्ञ चिनियाँ अधिकारीहरुबाट कुटिएको खबर आएको हो। रोयटर्स

यो पनिः फिजीमा चीन र ताइवानका कूटनीतिज्ञबीच कुटाकुट हुँदा ताइवानका एक घाइते

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .