ad ad

राजनीति


शिक्षामन्त्री पोखरेल कोरोना मुक्त

शिक्षामन्त्री पोखरेल कोरोना मुक्त

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार १:२९,

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल कोरोना मुक्त भएका छन्।

पाटन अस्पतालमा नौ दिनको उपचारपछि उनी कोरोना संक्रमण मुक्त भएका हुन्। मन्त्री पोखरेल सोमबार साँझ अस्पतालबाट डिस्चार्ज भएका उनको सचिवालयले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि गएको २४ असोजमा उनी पाटन अस्पताल भर्ना भएका थिए। २५ असोजमा उनमा संक्रमण पुष्टि भएको थियो।

मन्त्री पोखरेल भन्दा एक दिन अघि २४ असोजमा कोरोना संक्रमण पुष्टि भएका पर्यटनमन्त्री योगेश भट्टराई भने अझै संक्रमण मुक्त भएका छैनन्।

यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई पनि कोरोना संक्रमण देखिएको छ। उनलाई सोमबार संक्रमण पुष्टि भएको हो।

हाल उनी मन्त्रालयकै क्वार्टरमा आईसोलेसनमा बसेका छन्। नेम्बाङलाई सामान्य ज्वरो र खोकी लागेको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .