तनाव नबढाउने विषयमा सहमति त भयो तर ती सम्झौताहरु दुवै देशका सैन्य गतिविधिका कारण ओझेलमा परे।
बुधबार सहमति भएकै दिन भारतले ब्राह्मोस क्षेप्यास्त्र परीक्षण गरेको भारतीय रक्षामन्त्रालयले जनाएको छ। उक्त क्षेप्यास्त्रले ४ सय किलोमिटर टाढा पुगेर मार हान्नसक्ने क्षमता राख्दछ।
भारतीय अधिकारीहरुका अनुसार भारतले लद्दाख र अरुणाचल प्रदेशमा चीनसँगको सीमा नजिक क्षेप्यास्त्रहरु तैनाथ गरेका छन्।
आइतबार मात्र चीनले सिचुवानको हिमाली क्षेत्रमा उच्च उचाईमा उड्नसक्ने हेलिकप्टर ड्रोनको सफल परीक्षण गरेको बताएको थियो।
त्यसअघि भारतले लद्दाख नजिकका क्षेत्रमा निकै जाडो र हिउँमा पनि चल्नसक्ने ट्यांकहरु तैनाथ गरेको थियो।
रुसमा रक्षामन्त्री र विदेशमन्त्रीस्तरीय वार्ता भएपछि हालै मात्र चीन र भारत सीमा विवादलाई छलफलबाट टुंगोमा पुर्याउन राजी भएका थिए।
उक्त उच्चस्तरीय भेटवार्तापछि दुवैदेबीच छैठौं चरणको सैन्य कमाण्डरस्तरीय वार्ता पनि भएको थियो।
उक्त वार्तामा विवादित क्षेत्रमा थप सेना नथप्ने सहमति भएको थियो। तर वार्तामा सम्झौता जुटाएपनि दुवै देशले व्यवहारमा भने सम्झौताको पालना गरिरहेका छैनन्।
हाल दुवै देशका सेनाले जाडो यामका लागि सेनालाई तयार गरिरहेको बताइएको छ। दुवै देशले सिमानामा झन्डै ५० हजारको हाराहारीमा रहेका आफ्ना सेनालाई पुग्दो खाद्यान्न, गोली गठ्ठा पठाइरहेको जनाइएको छ। एससीएमपी
प्रतिक्रिया