ad ad

राजनीति


ओली–प्रचण्ड भेटवार्ता स्थगित

ओली–प्रचण्ड भेटवार्ता स्थगित

नेपालखबर
असोज १४, २०७७ बुधबार ६:१३,

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज (बुधबार) हुने भनिएको भेटवार्ता स्थगित भएको छ।

मन्त्रिमण्डल पुनर्गठनका विषयमा बिहीबारदेखि दैनिकजसो छलफलमा रहेका दुई अध्यक्षबीचको आज हुने भनिएको छलफल  एकाएक स्थगित भएको हो।

अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले सहमतिमै बुधबारको बैठक स्थगित भएको जानकारी दिए।

‘केही दिनदेखि दुवै अध्यक्ष निरन्तर छलफलमा हुनुहुन्थ्यो’, नेपालखबरसँग कुरा गर्दै सापकोटाले भने, ‘आज हुने भनिएको छलफल सहमतिमै स्थगित भएको हो।’ उनले आवश्यकता अनुसार दुई अध्यक्षबीच पुनः छलफल हुने जानकारी दिए।

यता बालुवाटार स्रोतले भने अध्यक्ष प्रचण्डले बैठक स्थगित गरेको जानकारी दिएको छ।

मन्त्रिमण्डल पुनर्गठनका विषयमा दुवै अध्यक्षहरु आ–आफ्नो अडानमा हुँदा झण्डै एक हप्तादेखि हुँदै आएको छलफल निष्कर्षविहीन हुँदै आएको थियो।

 बुधबारको छलफल नै अनिश्चित बनेपछि मन्त्रिमण्डल पुनर्गठन थप अनिश्चित बनेको छ।

नेकपा स्रोतका अनुसार अध्यक्ष प्रचण्ड सर्वोच्चले उपाध्यक्ष वामदेव गौतमको मुद्दाको टुंगो लगाएपछि मन्त्रिपरिषद पुनर्गठन गर्ने पक्षमा रहेको जनाएको छ। 

याे पनि : वामदेवबारे अदालतको फैसलाअघि मन्त्रिमण्डल पुनर्गठन नहुने सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .