ad ad

राजनीति


अमेरिकाले फेरि भन्यो : ‘दक्षिण चीन सागर’मा चीनको कुनै अधिकार छैन, यसविरुद्ध हामी कदम चाल्छौं

अमेरिकाले फेरि भन्यो : ‘दक्षिण चीन सागर’मा चीनको कुनै अधिकार छैन, यसविरुद्ध हामी कदम चाल्छौं

नेपालखबर
असोज १३, २०७७ मंगलबार ०:५८,

अमेरिकाले ‘दक्षिण चीन सागर’मा चीनको कुनै कानुनी अधिकार नभएको दाबी दोहोर्‍याएकाे छ। 

तर चीनले त्यो क्षेत्र आफ्नो नियन्त्रणमा लिन समुद्री सैन्य अड्डाको प्रयोग गरिरहेको उसको आरोप छ।

अमेरिकाको विदेश विभागका प्रवक्ता मोर्गन ओर्टागसको दाबीअनुसार ५ वर्षअघि २०१५ सेप्टेम्बर २५ मा चीनका राष्ट्रपतिले ह्वाइट हाउसको हाउस रोज गार्डेनमा आफ्नो मुलुकले स्प्राटली टापुलाई सैन्यीकरण गर्ने चाहना नराख्ने बताएका थिए।

उनको भनाइ छ, ‘साथै अरू कुनै पनि देशलाई समुद्री सैन्य अड्डामार्फत अनुमति नदिने र यो मामिलामा जबर्जस्ती नगर्ने बताएका थिए। तर चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले यो प्रतिबद्धा बिर्सेको छ।’

चीनले दक्षिण चीन समुद्री क्षेत्रमा सैन्य शक्ति बढाइरहेको छ र यसलाई आफ्नो सार्वभौमसत्ताको रक्षा भनिरहेको छ। चीनको यस कदमविरुद्ध धेरैजसो मुलुकले संयुक्त राष्ट्रसंघमा विरोध जनाइरहेका छन्।

दक्षिण चीन सागरसँग जोडिएका राष्ट्रले पनि उक्त क्षेत्रमा आफ्नो अधिकार हुनुपर्ने दाबी गरिरहेका छन्।

अमेरिकी विदेश विभागका प्रवक्ता ओर्टागसले चीनको यो ‘खतरनाक व्यवहार’विरुद्ध अन्तर्राष्ट्रिय समुदायले आवाज उठाउनुपर्ने बताएका छन्। साथै उनले यो कदमविरुद्ध दक्षिणपूर्व एसियामा आफ्ना सहयोगी मुलुकसँग मिलेर आवाज उठाउने चेतावनी दिएका छन्।

यस क्रममा अमेरिकाले दक्षिण चीन सागरमा नौसेनाको संख्या बढाउँदै लगेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .