ad ad

राजनीति


लकडाउनको विषयमा स्पेनको केन्द्र र क्षेत्रीय सरकारबीच तनाव

लकडाउनको विषयमा स्पेनको केन्द्र र क्षेत्रीय सरकारबीच तनाव

नेपालखबर
असोज ११, २०७७ आइतबार १५:५८,

स्पेनमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढ्न थालेपछि राजधानी मड्रिडमा लकडाउन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद बढेको छ।

स्पेन पश्चिम युरोपमै सबैभन्दा बढी प्रभावित मुलुक हो। जहाँ संक्रमितको संख्या निरन्तर बढिरहेको छ।

केन्द्र सरकारले लकडाउन गर्न गरेको अनुरोध क्षेत्रीय सरकारहरुले अस्वीकार गरेका छन्।

सोसलिस्ट पार्टीको नेतृत्वमा रहेको गठबन्धन सरकारका स्वास्थ्यमन्त्री साल्भाडोर इलाले शनिबार पुन मड्रिडमा पूरै लकडाउन गर्न आग्रह गरेका थिए।

‘मड्रिड क्षेत्रको परिस्थितिका कारण हामी निकै चिन्तित छौँ। यहाँका बासिन्दा मात्रै होइन, छिमेकका मानिसमा पनि ठूलो जोखिम छ,’ उनले भने, ‘महामारीलाई रोक्न उचित कदम चाल्ने सही समय यही हो।’

मड्रिडमा शुक्रबारसम्म प्रतिलाख ७२१ जना संक्रमित भइसकेका छन्। उनले प्रतिलाख ३ सय संक्रमित भएपछि लकडाउन गनुपर्ने बताए।

तर, इजाबेल डियाज आयुसोको नेतृत्वमा रहेको क्षेत्रीय सरकारले लकडाउन गर्न मानेको छैन।

‘हरेक दिन दुर्घटना हुन्छ तर हामी कारमा प्रतिबन्ध लगाउँदैनौँ,’ आयुसोले भनेकी छन्। लकडाउन गरिएका क्षेत्रका बासिन्दाले पनि प्रदर्शन गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .